प्रतिनिधिसभा पुनःस्थापना गरेर सर्वोच्चले न्यायपालिकाको गरिमा बढाएको छ : नेत्री झाँक्री
काठमाडौं, असार २८ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ। उक्त फैसलासँगै प्रतिनिधिसभा पुनस्थापना भएको छ। सर्वोच्चको यो फैसलासँगै विभिन्न प्रतिक्रियाहरू आइरहेका...
काठमाडौं, असार २८ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ। उक्त फैसलासँगै प्रतिनिधिसभा पुनस्थापना भएको छ। सर्वोच्चको यो फैसलासँगै विभिन्न प्रतिक्रियाहरू आइरहेका छन्।
यसैबीच आज (सोमबार) सामाजिक सञ्जाजादमा आफ्नो धारणा राख्दै एमाले नेत्री रामकुमारी झाँक्रीले प्रतिनिधिसभा पुनःस्थापना गरेर सर्वोच्च अदालतले न्यायपालिकाको गरिमा बढाएको प्रतिक्रिया दिएकी छन्।
सर्वोच्च अदालतले आज (सोमबार) संविधान विघटनसम्बन्धी मुद्दाको फैसला गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो।
उनले कांग्रेस सभापति देउवासहित लोकतन्त्रको पक्षधर नेपाली जनता र माननीय सांसदज्यूहरूलाई हार्दिक बधाई दिएकी छन्। न्यायपालिकाले आफ्नो गरिमा बढाएको स्पष्ट पार्दै संवैधानिक इजलास, बहस र पैरवी गर्ने अधिवक्ता, राजनीतिक नेतृत्व, मिडिया र नागरिक समाज सबैवाद धन्यवाद पनि दिएकी छन्।
‘जब राजनीतिक नेतृत्वले विवेक गुमाउछ, अहंकार र दम्भबाट ग्रसित हुन्छ। जनताको सार्वभौम सत्ता, कानुन र विधि आफूमा निहित रहेको राज्य ठान्छ नि, राजनीतिका सबै मामिलास् लोकतन्त्र, संविधान र संसद सहित दलको आन्तरिक ब्यवस्था विधान, विधि र निर्णयहरूमा अदालत प्रवेश मात्र गर्दैन परिक्षण गर्न जानुपर्ने अबस्था आउने रहेछ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘त्यसैले राजनीति नेतृत्व कस्तो हुने भन्ने निर्णय गर्नु धेरै ठूलो कुरा रहेछ। न्यायपालिकाले आफ्नो गरिमा बढाएको छ।’
उनले अगाडि लेखेकी छन्, ‘संबैधानिक ईजलासका माननीय न्यायमूर्तिहरू, स्वस्थ्य बहस र पैरवी गर्ने विद्धान वरिष्ट अधिबक्ता र अधिबक्ता मित्रहरू यो प्रक्रियाको राजनीतिक नेतृत्व, मिडिया र नागरीक समाज सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। लोकतन्त्रको पक्षधर नेपाली जनता र माननीय सांसदज्यूहरूलाई हार्दिक बधाई!’











