Kathmandu Press

२९ सय मिटरको उचाइमा ‘फिल्म सिटी’ बनाइने

काठमाडौं, असार १९ : संसारकै अग्लो स्थानमा ‘स्मार्ट फिल्म सिटी’ बन्‍ने भएको छ। लमजुङको बेंसीसहर नगरपालिकाको २९ सय मिटरको उचाइमा फिल्म स....

२९ सय मिटरको उचाइमा ‘फिल्म सिटी’ बनाइने

काठमाडौं, असार १९ : संसारकै अग्लो स्थानमा ‘स्मार्ट फिल्म सिटी’ बन्‍ने भएको छ। लमजुङको बेंसीसहर नगरपालिकाको २९ सय मिटरको उचाइमा फिल्म सिटी बनाउन लागिएको हो।

आज इटालियन कम्पनी एरिया होल्डिङ र नेपाली कम्पनी स्काई इन्टरनेटबीच फिल्म सिटी बनाउने सहमति भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको उपस्थितिमा दुई कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

Hardik ivf

विश्वस्तरको अत्याधुनिक प्रविधिसहित झण्डै १६ वटा फिल्म छायाङ्कन स्थल निर्माण गर्ने लक्ष्यसहित परियोजना सञ्चालनका लागि नेपालको स्काइ इन्टरटेनमेन्ट प्रालीका अध्यक्ष आकाश अधिकारी र इटालियन कम्पनीका अध्यक्ष फ्रान्सिस्को सिङ्नोरिल्लोबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतासँगै दुई कम्पनीले नौ वटा संयुक्त कम्पनी खडा गर्ने छन्। ति कम्पनीले लगानी जुटाउनेदेखि फिल्म सिटी संचालनसमेत गर्नेछन्। स्काई इन्टरनेट अध्यक्ष आकाश अधिकारीका अनुसार यदि यो निर्माण सफल भयो भने यो विश्वकै अग्लो स्थानमा भएको स्मार्ट फिल्म सिटी हुनेछ।

यो फिल्म सिटी समुद्री सतहभन्दा दुई हजार ६० देखि दुई हजार नौ सय मिटरको उचाइमा निर्माण हुनेछ। बेंसीसहर नगरपालिकाको वडा ३, ४, ५ र ९ को पाँच हजार रोपनी क्षेत्रमा फिल्म सिटी निर्माण हुनेछ। अबको चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

संयुक्त कम्पनी वल्ड स्काई सिने भिलेज नेपालले लगानी गरेर बनाउने स्मार्ट फिल्म सिटीको नाम पनि ‘वल्ड स्काई सिने भिलेज नेपाल’ राख्ने सहमति भएको छ। यसमा करिब ९५ अर्ब ९० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। एरियाका प्रमुख फ्रानसिस्को सिग्निरियल्लोले यो कामममा हात हालेसँगै नेपाल दोस्रो घर भएको बताए।

स्काई इन्टरनेटका अध्यक्ष अधिकारीले बेंसीसहरबाट धेरै हिमाल र प्रकृतिक दृश्य देखिने बताए।

 

प्रकाशित मिति: १४:०९ बजे, बिहीबार, असार १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्