Kathmandu Press

मर्स्याङदी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

मनाङ, असार २८ : निरन्तरको वर्षाले मर्स्याङदी नदीको बहाब कायमै रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालयले...
मर्स्याङदी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

मनाङ, असार २८ : निरन्तरको वर्षाले मर्स्याङदी नदीको बहाब कायमै रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आज यहाँ सूचना जारी गर्दै नदी छेउछाउका बस्तीलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको हो। 

सूचनामा भनिएको छ, ‘यस वर्षको मनसुन अवधि कायमै रहेको हुँदा जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सचेत र सतर्क रहनु हुन जिल्ला विपद् व्यवस्थापन समितिबाट सूचीत तथा अनुरोध गरिन्छ ।’ 

चामे गाउँपालिकाको– ४, ५ र नासो गाउँपालिकाको– १ को तालगाउँ  नदीकै किनारमा रहेकाले विशेष सतर्कता अपनाउन भनिएको हो। प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने, ‘नासो १ तालगाउँ मस्र्याङ्दी नदी किनारमै छ । यहाँ विशेष सावधानी अपनाउनु पर्छ । सिरान क्षेत्रमा भीषण वर्षा भएकाले खोलाको बहावको जोखिम रहेकाले तटीय क्षेत्रको तालगाउँका बासिन्दालाई सचेत हुन आग्रह गर्दछु ।’ 

जिल्लामा गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिराले सयौँ घरपरिवार विस्थापित भएका छन्। यहाँका सार्वजनिक र निजी संरचनामा बाढीपहिराले ठूलो क्षति पु¥याएको छ। जिल्ला अहिले सडक सञ्जालदेखि विद्युत् र इन्टरनेट सेवालगायतबाट वञ्चित भएका छन्। 
 

प्रकाशित मिति: १४:३२ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्