कास्की, पर्सा, भक्तपुर र सुनसरीमा एक-एक जना मृत अवस्थामा फेला
काठमाडौं, असार २८ : कास्की, पर्सा, भक्तपुर र सुनसरीमा एकएकजना मृत अवस्थामा भेटिएका छन्।कास्कीको पोखरा महानगरपालिका–३२ खुदी खोला र ताल खोलाको दोभानमा सोही...
काठमाडौं, असार २८ : कास्की, पर्सा, भक्तपुर र सुनसरीमा एक-एक जना मृत अवस्थामा भेटिएका छन्।
कास्कीको पोखरा महानगरपालिका–३२ खुदी खोला र ताल खोलाको दोभानमा सोही ठाउँ बस्ने धादिङ घर भएका ७६ वर्षीय टंक प्रसाद रिजाल सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पर्साको बहुदरमाई नगरपालिका–६ गमहरीया बस्ने ६५ वर्षीय नगिना साह कानु आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
ट्वाइलेट गर्न गएको धेरै समयसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि ५ सय मिटर टाढा माछापोखरीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।
त्यस्तै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली मनहरास्थित राखिएको कन्टेनरभित्र हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।
सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खिरखिरिया टोलस्थित बाटोको छेउमा हाल नाम, थर, वतन, नखुलेकी ६० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन्।
यि सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











