Kathmandu Press

सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं, असार २८ : रुपन्देही, मोरङ र महोत्तरीमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।रूपन्देहीको तिनाउ गाउँपालिका–२ सिस्नेरीस्थित सडकमा लु२त २५३ नम्बरको ट्याक्टर...
सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं, असार २८ : रुपन्देही, मोरङ र महोत्तरीमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।

रूपन्देहीको तिनाउ गाउँपालिका–२ सिस्नेरीस्थित सडकमा लु२त २५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल खोल्सामा खसेर आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ दोभान बस्ने ३८ वर्षीय दुर्गा बहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका सोही ट्याक्टरका सहचालकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

त्यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित सडकमा को१ ख ७८२९ नम्बरको बसबाट ओर्लने क्रममा लडेर बसमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय दिपेन कटेलको आइतबार साँझ मृत्यु भएको छ।

लडेर गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी महोत्तरी, गौशाला नगरपालिका–५ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार औरही नगरपालिका–४ कबिलासा बस्ने २३ वर्षीया निसा साहको मृत्यु भएको छ।

दुर्घटनामा  गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित मिति: १३:३३ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्