Kathmandu Press

अन्तराष्ट्रिय ब्राण्ड एपी शोरुम जावलाखेलमा 

काठमाडौं, माघ १३ : फेशनेबल कपडा, जुत्ता, ब्याग, सुटकेश, पर्स, बेल्ट लगायतका वस्तुहरु भित्रयाउँदै आइरहेको आरपि ग्रुपले नेपालमा पहिलो पटक एपी शोरुम....

 अन्तराष्ट्रिय ब्राण्ड एपी शोरुम जावलाखेलमा 

काठमाडौं, माघ १३ : फेशनेबल कपडा, जुत्ता, ब्याग, सुटकेश, पर्स, बेल्ट लगायतका वस्तुहरु भित्रयाउँदै आइरहेको आरपि ग्रुपले नेपालमा पहिलो पटक एपी शोरुम खोलेको छ । 

एपीले ललितपुरकोे जावलाखेलमा खोलेको शोरुमको मिस नेपाल श्रृङ्खला खतिवडा र पूर्व मिस नेपाल मलिना जोशीले संयुक्त रुपमा माघ १८ गते उद्घाटन गर्दैछन् । 

ब्राण्डेड वस्तुहरुमा युवा पुस्ताहरुको आकर्षण बढ्दै गइरहेको बेला सञ्चालनमा आउन लागेको अन्तराष्ट्रिय ब्राण्ड एपीका सामानहरुले छोटो अवधिमानै नेपाली बजारमा राम्रो उपस्थित जनाउन सफल हुने कम्पनीले विश्वास लिएको छ । 

ललितपुरकोे जावलाखेलमा सञ्चालनमा आउने यस स्टोरबाट काठमाडौं, ललितपुर, भक्तपुर र आसपासका ग्राहकहरुले एपी ब्राण्डका उत्पादित वस्तुहरु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 
एपीका पुरुष र महिला दुवैका लागि जुत्ता, ब्याग, पर्स, बेल्ट, ह्याण्ड ब्याग, कम्प्युटर ब्याग, आइप्याड कभर, ट्राभल लगेज, पेन तथा भिजिटिङ कार्ड केस लगायतका उत्पादनहरु लोकप्रिय रहेका छन् ।
आर पि ग्रुपले दामिलानो, इन्डियन टेरेन, लुइस फिलिपे लगायतका अन्तराष्ट्रिय ब्राण्डहरुको स्टोरहरु काठमाण्डौंको दरबारमार्ग र ललितपुरको लविम मलमा सञ्चालन गरिरहेको छ ।
 


 

प्रकाशित मिति: २०:१० बजे, आइतबार, माघ १३, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्