सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै धाकधम्की दिएको आरोपमा एकजना पक्राउ
मोरङ, असार २८ : सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दाहरुलाई धाकधम्की दिएको आरोपमा मोरङको रंगेली नगरपालिका-२ मंगलबारे बस्ने २० वर्षीय मनीष रायलाई...
मोरङ, असार २८ : सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दाहरुलाई धाकधम्की दिएको आरोपमा मोरङको रंगेली नगरपालिका-२ मंगलबारे बस्ने २० वर्षीय मनीष रायलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
धनपालथान गाउँपालिका-३ मायागन्जमा सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दारुलाई धाक धम्की दिँदै हिँडि रहेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी मायागन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:२० बजे, सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











