Kathmandu Press

चट्याङका कारण भारतको उत्तर प्रदेशमा ४२ जनाको मृत्यु

चट्याङका कारण भारतको उत्तर प्रदेशमा ४२ जनाको मृत्यु

काठमाडौं, असार २८ : भारतको उत्तर प्रदेशका विभिन्न स्थानमा चट्याङका कारण ४२ जनाको मृत्यु भएको छ। आइतबार भारी वर्षासँगै चट्याङ पर्दा त्यति त्यति संख्यामा मृत्यु हुनुका साथै थुप्रै घाइते भएका छन्।  

चट्याङका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने त्यहाँका अधिकारीहरुले बताएका छन्। चट्याङ लागेर थप २३ जना घाइते भएको बिबिसीले जनाएको छ। चट्याङका कारण २ सय ४९ पशु मरेको पनि जनाइएको छ।

मृत्यु हुनेमध्ये १३ जना उत्तर प्रदेशको प्रयागराजका रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। ती १३ जनाको परिवारलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ४/४ लाख रुपैयाँ राहतस्वरूप दिने घोषणा गरेका छन्।

कानपुर देहातमा पाँच, फिरोजाबादमा तीन, कौशांबीमा दुई र मिर्जापुरमा एकजनाको मृत्यु भएको बताइएको छ।

राजस्थानको कोटा जिल्लामा चार र धौलापुरमा तीन बालबालिकाको मृत्यु भएको छ।

राजस्थानको राजधानी जयपुर प्रहरीका अनुसार आमेर किला क्षेत्रमा चट्याङ लागेका घाइते २९ जनालाई उपचारका क्रममा १६ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १२:२७ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्