Kathmandu Press

उच्च अदालतका कर्मचारी मृत भेटिए

मंगलबारे, असार २८ : इलाममा एक महिला मृत फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत बिमलाकुमारी पराजुली मृत अवस्थामा फेला परेकी हुन्। पराजुली आज बिहान...
उच्च अदालतका कर्मचारी मृत भेटिए

मंगलबारे, असार २८ : इलाममा एक महिला मृत फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत बिमलाकुमारी पराजुली मृत अवस्थामा फेला परेकी हुन्। 

पराजुली आज बिहान अदालत परिसरभित्र मृतवस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार सोलुखुम्बु घर भएकी पराजुली कार्यालय सहयोगी पदमा काम गर्दै आएको बताइएको छ।

पराजुलीको मृत्यु कसरी र के कारणले मृत्यु भयो भन्ने अझै पुष्टि हुन सकेको छैन। घटना रहस्यमय भएकाले थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए। थप अनुसन्धानका लागि कुकुर मगाइएको उनले जानकारी दिए।

श्रेष्ठका अनुसार थप अनुसन्धानका लागि अन्य मान्छेलाई प्रवेश रोक लगाएर अनुसन्धान भइरहेको उनले बताए। 

प्रकाशित मिति: ११:३१ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्