Kathmandu Press

विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प

म्याग्दी, असार २८ : विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ।आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन...
विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प

म्याग्दी, असार २८ : विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ।

आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ भने जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको छ।

बर्सातसँगैको पहिरोले विद्युत्को पोल, लाइन र इन्टरनेटको फाइबर चुँडाएपछि प्रशासनिक, आर्थिक लगायतका काम प्रभावित भएको हो। मुदीको डाँडामा रहेको नेपाल टेलिकमको टावरमा चट्याङले क्षति गरेपछि ताररहित प्रविधिको इन्टरनेट बन्द भएको छ।

असार पहिलो हप्ता गाउँपालिकाको कार्यालयमा केन्द्रिय प्रसारण लाइनको विद्युत् जडान गरिएको थियो । गत सोमबारदेखि गाउँपालिकाको केन्द्र मुनामा विद्युत् र इन्टरनेट सेवा बन्द भएको थियो।

तत्कालै नबन्ने देखिएपछि ताकमस्थित वडा नं ७ को कार्यालयमा गएर काम गर्न थालिएको छ। प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले अरु कुनै विकल्प नभएपछि ताकम आएर आर्थिक तथा प्रशासनिक काम गर्नुपरेको बताए।

आर्थिक वर्षको अन्तमा योजना तथा कार्यक्रमको भुक्तानी गर्नेदेखि धेरै किसिमका प्रशासनिक कामको चाप छ। अत्यावश्यक पूर्वाधारको अभावमा कर्मचारी र सेवाग्राहीहरुलाई यता उता गरिरहँदा समस्या भएको छ । कागजात पुर्‍याउन र नमिलेको बनाउन समस्या भएको हो। (रासस)

प्रकाशित मिति: ०८:१४ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्