मृत अवस्थामा फेला
काठमाडौं, असार २७ : काठमाडौं महानगरपालिका १६ बालाजुचोक स्थित सडक छेउमा सोही ठाउँ जनजागृती टोल घर भएकी ३८ वर्षीया कौसिला नेपाली आइतबार मृत...
काठमाडौं, असार २७ : काठमाडौं महानगरपालिका १६ बालाजुचोक स्थित सडक छेउमा सोही ठाउँ जनजागृती टोल घर भएकी ३८ वर्षीया कौसिला नेपाली आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
रुपन्देही, तिलोत्तमा नगरपालिका ३ सिमानगरस्थित तिनाउ नदीमा बुटवल उपमहानगरपालिका ११ विनापोत बस्ने ६४ वर्षीय निल बहादुर श्रेष्ठ आइतबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, बुढीगंगा गाउँपालिका ७ घर भई हाल सुन्दरहरैचा नगरपालिका १ संगीतचोक स्थित हजुरबुबाको घरमा बस्दै आइरहेका १९ वर्षीय रविन रिजाल सुतिराखेको ठाँउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०:२७ बजे, आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











