Kathmandu Press

कोरोनाबाट गण्डकी प्रदेशमा थप ७ जनाको मृत्यु 

काठमाडौं, असार २७ : गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत...
कोरोनाबाट गण्डकी प्रदेशमा थप ७ जनाको मृत्यु 

काठमाडौं, असार २७ : गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । उनका अनुसार कास्कीमा २ ,तनहुँमा १,बागलुङ २, म्याग्दी १, स्याङजामा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ०१ जना पुगेको छ ।

Hardik ivf

त्यसैगरी गण्डकी प्रदेशमा थप ४१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १५३ जनाको नमुना परीक्षण गरिएकामा ४१० जनामा संक्रमण देखिएको हो ।  संक्रमितमध्ये २३१ पुरुष र १७९ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका २१४, म्याग्दीका ४, पर्वत २९,लमजुङ १५,गोरखा १०, तनहुँ ११ बाग्लुङ ११९ स्याङ्जामा ४ र नवलपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९ हजार १६४ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ३०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५५  हजार २७२ पुगेको छ ।  

प्रकाशित मिति: १९:४२ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्