Kathmandu Press

पेस्तोलसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं, असार २७ : प्रहरीले काठमाडौंको कात्यानीबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको विधानगर घर भई काठमाडौं बसुन्धारा बस्दै आएका ३१ वर्षीय जयप्रकाश...
पेस्तोलसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं, असार २७ : प्रहरीले काठमाडौंको कात्यानीबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको विधानगर घर भई काठमाडौं बसुन्धारा 
बस्दै आएका ३१ वर्षीय जयप्रकाश महतो रहेको प्रहरीले जनाएको छ। 

नयाँ बानेश्वर इलाकामा हतियार बेच्न हिँडेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको र महतोलाई पक्राउ गरेको जनाइएको छ। 

महतोले प्लास्टिकको झोलाभित्र रुमालले बेरेर मेड इन युएसए लेखेको म्याग्जिनसहितको पेस्तोल बोकेर हिँडेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १७:४५ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्