Kathmandu Press

वायुसेवा निगमलाई निजीकरण गर्ने योजना नभएको मन्त्रालयको स्पष्टोक्ति

काठमाडौं, असार २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना...
वायुसेवा निगमलाई निजीकरण गर्ने योजना नभएको मन्त्रालयको स्पष्टोक्ति

काठमाडौं, असार २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना एवं कार्यक्रम नभएको स्पष्ट पारेको छ।

आज (आइतबार) एक विज्ञप्ति जारी गरेर निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यका सम्बन्धमा विभिन्न महानुभावहरूबाट भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको प्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ।

सरकारले निगमलाई निजीकरण गर्ने प्रक्रिया अगाडि बढाएको भन्दै त्यहाँका कर्मचारी केही दिनदेखि आन्दोलनमा उत्रिएका छन्। अन्य विभिन्न व्यक्ति तथा संघसंस्थाले पनि निगमलाई निजीकरण गर्न नहुने बताइरहेका छन्। त्यहीबेला मन्त्रालयले विज्ञप्ति निकालेर आफ्नो धारणा राखेको हो।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति: १७:१४ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्