थप १८३१ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु
पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ ।
काठमाडौं, असार २७ : पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पिसिआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा पोजेटिभ देखिएको हो भने एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
याेसहित देशभर २६ हजार १७३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेकाे छ।
प्रकाशित मिति: १६:३९ बजे, आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











