Kathmandu Press

सञ्चार विधेयकविरुद्ध लुम्बिनीका सञ्चारकर्मीद्वारा धर्ना

सञ्चार विधेयकविरुद्ध लुम्बिनीका सञ्चारकर्मीद्वारा धर्ना

बुटवल, असार २७ : लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकविरुद्ध लुम्बिनीका सञ्चारकर्मीले आज (आइतबार) धर्ना दिएका छन्।

प्रदेश सभामा दर्ता गरिएको सञ्चार विधेयक ‘निरंकुश’ भएको बताउँदै उनीहरूले उक्त विधेयक फिर्ता गरी पुनर्लेखनको माग गरेका छन्।

धर्नाका सहभागीहरुले ‘मिडिया विधेयक फिर्ता गर’, ‘प्रेस स्वतन्त्रता जिन्दावाद’, ‘निरंकुश सञ्चार विधेयक फिर्ता गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

पत्रकारहरुलाई विभाजित गर्ने उद्देश्यले प्रदेश सरकारद्वारा ल्यामइएको उक्त विधेयक फिर्ता नभएसम्म आफूहरूको आन्दोलन नरोकिने उनीहरूको भनाइ थियो।

प्रकाशित मिति: १६:१९ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्