एमाले स्थायी कमिटी बैठक ४ बजे

काठमाडौं, असार २७ : नेकपा एमाले स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ।
एमाले विवाद समाधान कार्यदलको बैठक चलिरहेका सन्दर्भमा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
कार्यदलले सहमति तयार गरेमा आजै स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ।
सिंहदरबारमा आज बिहान ९ बजे सुंरु भएको कार्यदल बैठक अहिले पनि जारी छ । कार्यदलका सदस्यले आजै सुखद् समाचार आउने जानकारी शनिबार दिएका थिए।
प्रकाशित मिति: १५:३५ बजे, आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











