‘आपराधिक घटना रोकथाम र अनुसन्धानमा सरकार चुकिरहेको छ’
काठमाडौं, असार २७ : नेपाली कांग्रेसले आपराधिक घटना बढ्दै गए पनि त्यसको रोकथाम र अनुसन्धानमा सरकार चुकेको बताएको छ।आज (आइतबार) राष्ट्रिय सभा बैठकमा...
काठमाडौं, असार २७ : नेपाली कांग्रेसले आपराधिक घटना बढ्दै गए पनि त्यसको रोकथाम र अनुसन्धानमा सरकार चुकेको बताएको छ।
आज (आइतबार) राष्ट्रिय सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले सरकार अपराध नियन्त्रणमा असफल भएको बताएका हुन्।
उनले तितवनमा सुजिता भण्डारीको शंकास्पद मृत्यु भएको घटनाबारे अनुसन्धान नहुँदा सरकारमाथि प्रश्न उठिरहेको बताए। ‘सुजिता भण्डारीको रहस्यमय तरिकाले मृत्यु भएको नौ दिन भइसक्यो, त्यसबारे सूचना पाएर पनि अनुससन्धा नहुँदा प्रश्न उठेको छ,’ उनले भने।
पन्तले कोरोनाको खोप बोकेर हिँडेकी स्वास्थ्यकर्मीको समेत हत्या भएको तर सरकार चुप लागेर बसेको उल्लेख गरे। ‘कोरोनाविरुद्धको को खोप बोकेर हिँडेकी स्वास्थ्यकर्मीको हत्या भएको छ, उनले न्याय कहिले पाउने ?’
मुलुकमा यस्ता अपराध भइरँदा पनि सरकारको उपस्थिति नदेखिएको उनको भनाइ थियो।











