Kathmandu Press

बिपीका पूर्वविद्यार्थीसहित बृहत् नागरिक अभियानका अगुवा पक्राउ

काठमाडौं, असार २७ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपन्न समस्या समाधानको माग राख्दै आज (आइतबार) आन्दोलनमा उत्रिएका पूर्वविद्यार्थी पक्राउ परेका छन्।...
बिपीका पूर्वविद्यार्थीसहित बृहत् नागरिक अभियानका अगुवा पक्राउ

काठमाडौं, असार २७ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपन्न समस्या समाधानको माग राख्दै आज (आइतबार) आन्दोलनमा उत्रिएका पूर्वविद्यार्थी पक्राउ परेका छन्। उनीहरूले सिंहदरबार घेर्ने तयारी गरेका थिए। त्यसैबेला उनीहरूमाथि प्रहरीले हस्तक्षेप गरेका थिए।

आइतबार बृहत नागरिक अभियानको प्रदर्शनपछि बिपी प्रतिष्ठानका पूर्वविद्यार्थी र केही नागरिक अगुवा पनि सिंहदरबार घेराउ गर्न गएका थिए। उनीहरूलाई बृहत् नागरिक अभियानका केही अगुवाहरूले पनि साथ दिएका थिए। प्रतिष्ठानका पूर्वविद्यार्थीहरूको सिंहदरबार घेराउ कार्यक्रमअघि बृहत् नागरिक अभियानमा अबद्ध भएकाहरूले प्रदर्शन गरेका थिए। 

प्रहरीले बिपी प्रतिष्ठानका पूर्वविद्यार्थी कुम्भराज जोशी, प्रशान्त राई तथा बृहत् नागरिक अभियानका युग पाठक, नरेश ज्ञवाली, छम गुरुङलाई पक्राउ गरेको छ। त्यसअघि बृहत नागरिक अभियानका तर्फबाट प्रदर्शनमा उत्रिएका खगेन्द्र संग्रौला, नारायण वाग्लेलगायत २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

बिपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार पदाधिकारीको राजीनामा र खस्कँदै गएको बिपीको अवस्था सुधारको माग गर्दै त्यहाँका चिकित्सक, प्राध्यापक, कर्मचारी, विद्यार्थीलगायत चार सातादेखि आन्दोलनरत छन्। बिपी प्रतिष्ठानमा गठित संघर्ष समितिले प्रधनामन्त्री केपी ओलीको अग्रसरतामा वार्ता ठटोली गठन गर्नुपर्ने माग राखेका छन्। केही दिनअघि स्वास्थ्य मन्त्रालयबाट गएको टोलीसँग छलफल भए पनि केही प्रतिक्रिया नआएको आन्दोलनरत पक्षको भनाइ छ। 

बिपीमा जारी आन्दोलनप्रति कुनै चासो नदेखाइएपछि संघर्ष समितिमा आबद्धहरू काठमाडौं केन्द्रित आन्दोलन थाल्ने तयारी भइरहेको जनाइएको छ। प्रतिष्ठान सुधारको माग गर्दै गरिएको आँन्दोलनलाई नागरिक समाजले साथ दिएको छ।

प्रकाशित मिति: १५:०१ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्