चट्याङ लागेर बुबाको मृत्यु, छोरा घाइते
कञ्चनपुर, असार २७ : चट्याङ लागेर भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ। मृतकका १८ वर्षीय छोरा लालसिंह...
कञ्चनपुर, असार २७ : चट्याङ लागेर भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ। मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो। चट्याङ लागेर घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ।
प्रकाशित मिति: १३:०० बजे, आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











