Kathmandu Press

रैथाने अन्नबाली लोप हुँदै

अमरगढी, असार २७ : सुदूपश्चिम प्रदेशका पहाडी जिल्लामा पाइने  रैथाने अन्नबाली  लोप हुँदै गएका छन् । पछिल्लो समय उन्नत खालको बीउ भित्रिएसँगै  फापर, कोदो,...
रैथाने अन्नबाली लोप हुँदै

अमरगढी, असार २७ : सुदूपश्चिम प्रदेशका पहाडी जिल्लामा पाइने  रैथाने अन्नबाली  लोप हुँदै गएका छन् । पछिल्लो समय उन्नत खालको बीउ भित्रिएसँगै  फापर, कोदो, मकै र कागुनो जताका महत्वपूर्ण अन्नबाली लोप हुन थालेको हो । ती अन्नस्वास्थ्यको दृष्टिकोणले अति लाभदायक मानिन्छ। 

डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरालगातका जिल्लामा राम्रो उत्पादन हुने ती अन्नबाली पछिल्लो समय लोप हुँदै गएको सुदूरपश्चिम कृषि विकास निर्देशनालय दिपायल डोटीले जनाएको छ।  

Hardik ivf

नयाँ पुस्ताले पुराना महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति कृषकको आकर्षण घट्दै जाँदा रैथाने अन्नबाली लोप हुँदै गएको बताइएको छ । फापर, कोदो र कागुनो उत्पादन हुने जमीनमा अहिले अन्य बाली लगाइएको पाइन्छ। 

पहिले बैतडी जिल्लाले  मकैको रोटी र मही ९घोगा र छाई० को पहिचान बनाएको थियो । डोटेली राज्यका इतिहासकार भोजराज भट्टराईले परम्परागत खेतीकोे पहिचानसमेत हराउँदै गएको बताए।

एकदशक अघि सुदूरपश्चिमका पहाडी जिल्लाको अधिकांश किसानका बारीमा ७५ प्रतिशत स्थानीय जातको अन्नबाली लगाइन्थे।  अहिले  १० प्रतिशतसम्म पनि नरहेको अगुवा कृषक पदम बोहराले जानकारी दिए।

कृषि ज्ञान केन्द्र कार्यालयले ग्रामीण क्षेत्र अधिकांश किसानले कोदोखेती  लगाउन छोडेकाले विस्थापित हुने अवस्थामा पुगेकोे जनाएको छ। जिल्लामा फापर, कोदा र मुदुरोेको उत्पादन राम्रो मानिन्छ। कृषकले हिजो आज खेती गर्न छाडेपछि विस्तारै गाउँघरको खेती कम हुँंदै गएको छ।

खेती गर्न छाडेपछि अहिले केही स्थानमा बीउसम्म पाउन मुस्किल हुन थालेको अमरगढी नगरपालिका–७  डडेल्धराकी इन्दिरा ताम्राकारले बताइन्। अहिले थौरै घरायसी प्रयोजनका लागि मात्र खेती गरेको पाइन्छ । अन्य बालीभन्दा यी बाली स्वास्थ्यका लागि लाभदायक मानिने स्वास्थ्यकर्मीको भनाइ छ।

फापर, कोदो, कागुनो र मुदुरो परिकारप्रति शहरी क्षेत्रका मानिसले आकर्षित भइरहेका छन् । ती बालीका खाद्यान्न बालबालिका, गर्भवती, सुत्केरीलाई लागि निकै फाइदाजनक मानिन्छ । स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले ग्रामीण क्षेत्रमा पोषकतत्व पाइने खाद्यान्नको कमी आउन थालेको र  स्थानीय पुराना जातको अन्नबाली उत्पादनलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताए। 
 

प्रकाशित मिति: १२:३६ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्