Kathmandu Press

कर्मचारीका निधनमा ऋषिङ गाउँपालिकामा सेवा बन्द

दमौली, असार २७ : तनहुँको ऋषिङ गाउँपालिकामा कार्यरत सुरक्षागार्डको पहिरामा पुरिएर मृत्यु भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक दिनका लागि बन्द गरिएको छ।ऋषिङ–८ माझकोटका ४२...
कर्मचारीका निधनमा ऋषिङ गाउँपालिकामा सेवा बन्द

दमौली, असार २७ : तनहुँको ऋषिङ गाउँपालिकामा कार्यरत सुरक्षागार्डको पहिरामा पुरिएर मृत्यु भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक दिनका लागि बन्द गरिएको छ।

ऋषिङ–८ माझकोटका ४२ वर्षीय खुमबहादुर थापाको निधनमा दुःख व्यक्त गर्दै गाउँपालिकाले असार २७ गते आज सेवा बन्द गर्ने निर्णय गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय एक दिन बन्द गर्ने निर्णय भएको जानकारी दिइन्।

थापाको बिहीबार गोठमा पानी तर्काउन जाने क्रममा घर माथिबाट खसेको पहिराले पुरिएर मृत्यु भएको थियो।

उनको शव पहिरामा पुरिएको ११ घण्टापछि निकालिएको थियो। 

प्रकाशित मिति: १०:५१ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्