प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा सुधार
काठमाडौँ, माघ १३- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ....

काठमाडौँ, माघ १३- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भाइरल ज्वरोको उपचार गराइरहेकी उनको स्वास्थ्यमा सुधार आएको दाहालको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार आज दिउँसोदेखि उहाँलाई सघन उपचार कक्षबाट सामान्य कक्षमा सारिएको छ । उपचारमा संलग्न चिकित्सक डा अशोक शर्माका अनुसार सामान्य कक्षमा २४ घण्टा निगरानी पश्चात् उहाँलाई घर फर्काउन सकिनेछ।
प्रकाशित मिति: २०:०३ बजे, आइतबार, माघ १३, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार










