Kathmandu Press

युरो कप खेलमा सट्टेबाजी खेलाउने पाँचजना पक्राउ

ललितपुर, असार २६ : हाल भइरहेको युरो कप फुटबल प्रतियोगिता २०२१ का खेलमा सट्टेबाजी खेलाउने गरेको आरोपमा ललितपुरका विभिन्न स्थानबाट पाँच जनालाई प्रहरीले...
युरो कप खेलमा सट्टेबाजी खेलाउने पाँचजना पक्राउ

ललितपुर, असार २६ : हाल भइरहेको युरो कप फुटबल प्रतियोगिता २०२१ का खेलमा सट्टेबाजी खेलाउने गरेको आरोपमा ललितपुरका विभिन्न स्थानबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका(५ थसिखेल बस्ने ३२ वर्षीय दिप्जल ढुंगाना, सोही महानगरपालिका–२ सानेपा बस्ने २६ वर्षीय आशिष सिंह, सोही महानगरपालिका–११ कोवाहाल बस्ने ४२ वर्षीय राजु महर्जन, सोही महानगरपालिका–१६ धापागल बस्ने ३८ वर्षीय बिनोद महर्जन र सोही महानगरपालिका–१२ टंगाल बस्ने २९ वर्षीय सफिर राज राजकर्णिकार छन्।

युरो कप खेलहरुको सामाजिक सञ्जाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलमा बाजी थापी धेरै ठुलो धनराशि हारजित हुने गरेको भन्ने बिशेष सूचनाका आधारमा खटिएको प्रहरीले सट्टेबाजीमा प्रयोग भएका मोबाइलहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूउपर सट्टेबाजी गर्न नहुने सम्बन्धि कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट सात दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रकाशित मिति: १७:३० बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्