Kathmandu Press

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

ओखलढुंगा, असार २६ : १० वर्षीया दुई छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा चम्पादेवी गाउँपालिका–२ पुलामी टोलस्थित चण्डेश्वरी इङ्लीस बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ परेका...
छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

ओखलढुंगा, असार २६ : १० वर्षीया दुई छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा चम्पादेवी गाउँपालिका–२ पुलामी टोलस्थित चण्डेश्वरी इङ्लीस बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ परेका छन्।

शुक्रबार राति पक्राउ पर्ने ती प्रिन्सिपल झापा शिवसतासी नगरपालिका–८ झिलझिले घर भएका ३० वर्षीय करण राई रहेको प्रहरीले जनाएको छ।

गत बिहीबार ती बालिकालाई कक्षा कोठाभित्र यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी पलापुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १७:२३ बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्