उपत्यकामा थपिए ४१४ जना कोरोना संक्रमित
काठमाडौं, असार २६ : शनिबार काठमाडौं उपत्यकामा थप ४१४ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३०३, ललितपुरमा ६० जना र...
काठमाडौं, असार २६ : शनिबार काठमाडौं उपत्यकामा थप ४१४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३०३, ललितपुरमा ६० जना र भक्तपुरमा ५१ जना संक्रमित थपिएका हुन्।
काठमाडौंमा ५३३५, भक्तपुरमा १०२४ र ललितपुरमा १३२३ गरी ७६८२ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा २१६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २२ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १७:१९ बजे, शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











