Kathmandu Press

किशोरी बलात्कार आरोपमा दुई युवक पक्राउ

नुवाकोट, असार २६ : १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे बस्ने २९...
किशोरी बलात्कार आरोपमा दुई युवक पक्राउ

नुवाकोट, असार २६ : १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे बस्ने २९ वर्षीय ललित विक र सोही ठाउँ बस्ने २० वर्षीय सुवास थापा मगर रहेको प्रहरीले जनाएको छ। उनीहरू शुक्रबार पक्राउ परेका हुन्। 

ललितको कोठामा ती किशोरीलाई लगी उनीहरूले गत सोमबार जबर्जस्ती करणी गरेको भन्ने भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १७:१५ बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्