Kathmandu Press

आफ्नै दाइको हत्या गरेको आरोपमा एकजना पक्राउ

मोरङ, असार २६ : आफ्नै दाइको हत्या गरेको आरोपमा विराटनगरमा एकजना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका-५ पृथ्वी चोक बस्ने ४२ वर्षीय भोला सिंहलाई चक्कु...
आफ्नै दाइको हत्या गरेको आरोपमा एकजना पक्राउ

मोरङ, असार २६ : आफ्नै दाइको हत्या गरेको आरोपमा विराटनगरमा एकजना पक्राउ परेका छन्।
 
विराटनगर महानगरपालिका-५ पृथ्वी चोक बस्ने ४२ वर्षीय भोला सिंहलाई चक्कु प्रहार गरी हत्या गरेको अराोपमा उनकै भाइ ३१ वर्षीय साजन सिंहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

घरायसी विवादमा शुक्रबार राति साजनले चक्कु प्रहार गर्दा भोला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी खटिएको थियो। 

गम्भीर घाइते भोलाको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साजनमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
 

प्रकाशित मिति: १७:१० बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्