Kathmandu Press

थप २१६९ जनामा कोरोना संक्रमण पुष्टि, २२ को मृत्यु

पछिल्लो २४ घण्टामा २१६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४३२ जना संक्रमणमुक्त भएका छन्। 
थप २१६९ जनामा कोरोना संक्रमण पुष्टि, २२ को मृत्यु

काठमाडौं, असार २६ :  पछिल्लो २४ घण्टामा २१६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरमा ६५३० जनाको पिसिआर परीक्षणबाट १३५३ जनामा संक्रमण पुष्टि भएको छ भने ३८८७ जनाको एन्टिजेन परीक्षणबाट ८१६ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन्। 

यस्तै २२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। 

प्रकाशित मिति: १६:५५ बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्