Kathmandu Press

अफगानी सुरक्षा कारबाहीमा १ सय ९ लडाकु मारिए

अफगानी सुरक्षा कारबाहीमा १ सय ९ लडाकु मारिए

कान्दहार, असार २५ : अफगानिस्तानमा शुक्रबार भएका घटनामा परी कम्तीमा १ सय ९ तालिवान लडाकुहरु मारिएका छन्।

देशको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा भएको घटनामा परी अरु २५ जना घाइते समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। 

Hardik ivf

मृत्यु भएका मध्ये ७० जनाको कान्दहर प्रान्तमा मृत्यु भएको हो। सो घटनामा अरु आठ जना घाइते भएका थिए। 

शुक्रबार बिहान लडाकूहरुले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि घटना भएको र जवाफी कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ। 

त्यसैगरी हेल्मन्द प्रान्तमा भएको घटनामा परी ३९ लडाकूको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन्।  

अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व भइरहेको छ। लगातारका ठूला ठूला हिंसात्मक घटनाहरुका कारण अहिलेसम्म हजारौको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। त्यसैगरी लाखौँ अफगानीहरु विस्थापित भएका छन्। 

लामो समयदेखि चलिरहेको हिंसात्मक द्वन्द्व अन्त्यका लागि वार्ता भइरहेपनि अन्त्य हुनभने सकेको छैन। 

प्रकाशित मिति: १६:३७ बजे, शनिबार, असार २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्