Kathmandu Press

ताजिकिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा पाँचको मृत्यु

ताजिकिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा पाँचको मृत्यु

दुशान्वे, असार २६ : ताजिकिस्तानको पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर शनिबार शक्तिशाली भूकम्प आएको छ।  

भूकम्पमा परी अहिलेसम्म कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। 

स्थानीय समय अनुसार शनिबार विहान ७ः१४ बजे ५.९ म्याग्नीच्युडको भूकम्प आएको युरोपेली भूगर्भ केन्द्रले जानकारी दिएको छ। 

भूकम्पको केन्द्रबिन्दु भएको ठाउँ दसान्वेदेखि १६५ किलोमिटर टाढा रहेको पनि केन्द्रका अधिकारीहरूले जानकारी दिएका छन्।   

भुकम्पले पाँच जनाको मृत्यु भएको छ भने अरु मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन्। केही व्यक्तिहरु घाइते भएको हुनसक्ने बताइएको छ। 

भूकम्पका कारण १९ घर भत्किएका छन् । अन्य भौतिक क्षतिको विवरण भने सङ्कलन गर्ने क्रम चलिरहेकाले पूर्ण विवरण भने आउन बाँकी रहेको अधिकारीहरूले जानकारी दिएका छन्।
 

प्रकाशित मिति: १५:२८ बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्