Kathmandu Press

महँगो भाडा असुलेको आरोपमा दुई माइक्रोबस नियन्त्रणमा, दुईजना पक्राउ

गोरखा, असार २६ : महँगो भाडा असुलेको आरोपमा प्रहीले दुई माइक्रोबसलाई नियन्त्रणमा लिएको छ। ती बससँग सम्बन्धित दुईजनालाई नियन्त्रणमा लिइएको प्रहरले जनाएको छ।निषेधाज्ञाबीच महँगो...
महँगो भाडा असुलेको आरोपमा दुई माइक्रोबस नियन्त्रणमा, दुईजना पक्राउ

गोरखा, असार २६ : महँगो भाडा असुलेको आरोपमा प्रहीले दुई माइक्रोबसलाई नियन्त्रणमा लिएको छ। ती बससँग सम्बन्धित दुईजनालाई नियन्त्रणमा लिइएको प्रहरले जनाएको छ।

निषेधाज्ञाबीच महँगो भाडा असुलेर गोरखा-काठमाडौं यात्रु ओसारपसार गर्ने बा५ख १०७७ र बा५ख १०७३ नम्बरको माइक्रोबसलाई नियन्त्रणमा लिइएको हो। 

तीमध्ये एउटालाई गोरखा आउँदै गरेको १०१७ लाई मझुवाभन्ने ठाउँबाट र अर्कोलाई काठमाडौं जाँदै गरेको अवस्थामा बाह्रकिलो भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा पक्राउ परेका ती माइक्रोबसले बढी भाडा असुलेको पुष्टि हुन आएको छ ।

गोरखा-काठमाडौं नियमित माइक्रोबस भाडा ४ सय ५० रुपैयाँ भए पनि ती माइक्रोबसले यात्रुसँग दोब्बरभन्दा बढी रकम असुल्ने गरेको पाइएको प्रहरीको भनाइ छ।

निषेधाज्ञा उल्लघंन गरेको कसुरमा उनीहरुमाथि कारबाही हुने प्रहरीले बताएको छ। 

प्रकाशित मिति: १३:५५ बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्