Kathmandu Press

 मनाङ मर्स्याङ्दी क्लबद्वारा राहत वितरण

मनाङ, असार २६ : मनाङ मर्स्याङ्दी क्लबले यहाँका बाढीपहिरापीडितलाई राहत सामग्री वितरण गरेको छ। फुटबल र सामाजिक कार्यमा संलग्न क्लबले जिल्लाका बाढीपहिरापीडितलाई राहत सामग्री...
 मनाङ मर्स्याङ्दी क्लबद्वारा राहत वितरण

मनाङ, असार २६ : मनाङ मर्स्याङ्दी क्लबले यहाँका बाढीपहिरापीडितलाई राहत सामग्री वितरण गरेको छ। फुटबल र सामाजिक कार्यमा संलग्न क्लबले जिल्लाका बाढीपहिरापीडितलाई राहत सामग्री वितरण गरेको हो। 

आज ङिस्याङ गाउँपालिका वडा नं ४ हुम्डे, वडा नं ९ खाङ्सार र वडा नं ८ टङ्कीका बाढीपीडितलाई त्रिपाल औषधि, खाद्य सामग्री वितरण गरिएको छ। पीडित परिवारलाई क्लबका पदाधिकारीलगायतको उपस्थितिमा राहत वितरण गरिएको हो। क्लबले शुक्रबार पनि सोही गाउँपालिकाका वडा नं १ पिसाङ, वडा नं २ घ्यारु र वडा नं ३ ङावलमा राहत वितरण गरिएको जनाएको छ। ङिस्याङ मनाङ महिला सोसाइटीको सहयोगमा क्लबले राहत वितरण गरेको हो। बाढीपहिराका कारण यातायात नचल्दा क्लबले हेलिकप्टर चार्टर गरेर राहत ल्याएको हो। 

क्लबले पछिल्लो समय खेलकूदसँगै सामाजिक कार्य गर्दै आइरहेको छ । क्लबले यसअघि कोरोना प्रभावितलाई निःशुल्क खाना वितरण गरेको थियो। बाढीपहिराबाट हिमाली जिल्ला मनाङमा ६५६ घरपरिवार विस्थापित भएका छन्। विनाशकारी बाढीपहिराले जिल्लाका घर, सडक, चैत्य, गुम्बा, पुललगायत संरचनामा क्षति पुर्याएको छ। 

यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीले करोडौँको भौतिक क्षति पुर्याएपछि यतिबेला मनाङवासी पीडामा छन्। मस्र्याङदी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको हो । जिल्लाका चार स्थानीय तह नै बाढीपहिराबाट पूर्णरुपमा प्रभावित भएका छन् ।

नासोँ, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिराबाट क्षतिग्रस्त भएका छन् भने नार्पाभूमि गाउँपालिका पहिराबाट प्रभावित बनेको छ। 
 

प्रकाशित मिति: १३:३४ बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्