Kathmandu Press

लमजुङ जिल्ला कारागारभित्र एक महिलाद्वारा आत्महत्या 

काठमाडौ, असार २६ : लमजुङको जिल्ला कारागारमा थुनुवामा रहेकी एक महिलाले आत्महत्या गरेकी छिन् ।लमजुङ जिल्ला दुधपोखरी गाउँपालिका वडा नं ३ निवासी ४८ वर्षीय...
लमजुङ जिल्ला कारागारभित्र एक महिलाद्वारा आत्महत्या 

काठमाडौ, असार २६ : लमजुङको जिल्ला कारागारमा थुनुवामा रहेकी एक महिलाले आत्महत्या गरेकी छिन् ।

लमजुङ जिल्ला दुधपोखरी गाउँपालिका वडा नं ३ निवासी ४८ वर्षीय फुलमाया विकले कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रशासन कार्यालय लमजुङका सुचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले काठमाडौं प्रेसलाई बताए । 

उनलाई शुक्रबार बिहान करिब ५ बजेतीरको समयमा कारागारको शौचालयमा सलले पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको थियो । विक करिब २ महिनाअघिदेखि कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेको रेग्मीले जानकारी दिए ।

मृतक विकको शवको पोष्टमार्टमा गर्न पठाइसकिएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १०:३२ बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्