Kathmandu Press

कुटपिटमबाट घाइते बृद्धको उपचारका क्रममा मृत्यु

कुटपिटमबाट घाइते बृद्धको उपचारका क्रममा मृत्यु

सप्तरी, असार २६ : वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएको विषयमा भएको विवादले उग्र रुप लिँदा एक जनाको मृत्यु भएको छ।

कुटपिटबाट घाइते सप्तरीको खडक नगरपालिका–९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीमा पठाएको व्यक्तिसँग भने जस्तो काम नपाएकाले पैसा फिर्ता मागेपछि दुई पक्षबीच बिहीबार राति विवाद भएको थियो। सोही विषयमा कुटपिट हुँदा दाउराको प्रहारबाट टाउकामा चोट लागेका दाउदको राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो।

राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आजै परीक्षण भएको छ।

आरोपितको पहिचान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले बताए।

प्रकाशित मिति: ०७:३७ बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्