Kathmandu Press

बबइले ल्यायो ‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम

दाङ, असार २६ : पश्चिम दाङको बबइ गाउँपालिकाले ‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम ल्याएको छ।सरकारी स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गर्भवतीलाई प्रोत्साहन भत्ताको व्यवस्था...
बबइले ल्यायो ‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम

दाङ, असार २६ : पश्चिम दाङको बबइ गाउँपालिकाले ‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम ल्याएको छ।

सरकारी स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गर्भवतीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष सावित्री विश्कर्माले जानकारी दिइन्। 'स्वस्थ आमा, स्वस्थ बच्चा' भन्ने मुल नाराका साथ सञ्चालनमा ल्याएको कार्यक्रमले आमा र नवजात शिशुको जीवन सुरक्षित हुने उपाध्यक्ष विश्वकर्माको भनाइ छ।

यो कार्यक्रममा भत्ता रकम दुई हजार हुनेछ। कार्यक्रमलाई गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको छ।

गत असार १० गते  आयोजना गरिएको नवौँ नगरसभामा  उपाध्यक्ष  विश्वकर्माले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत ५१ करोड ६४ लाखको बजेट सर्वसम्मतिले पारित भएको छ। कोरोना रोकथाम, कृषि, सिँचाइ, रोजगार तथा विकासका कामलाई उच्च प्राथमिकताका साथ नीति तथा बजेटमा समावेश गरिएको छ।

'हाम्रो बबइ राम्रो बबइ, खुसी जनता समृद्ध बबई गाउँपालिका' नाराका साथ ल्याइएको कार्यक्रम तथा बजेटमा गाउँपालिका क्षेत्रमा स्वच्छ र सहज रुपमा खानेपानीको  व्यवस्था गर्नका लागि एक घर एक धारा समावेश गरिएको छ।

त्यस्तै सस्कृति र सम्पदा संरक्षण, दलित संग्रहालय निर्माण, अन्य चाडपर्व, महोत्सव सञ्चालनका लागि आवश्यक नीतिसहित रकम छुट्टयाइएको छ।

त्यस्तै बङ्गलाचुली गाउँपालिकाले शहिद तथा बेपत्ता परिवार, द्धन्दका घाइते, अपाङ्गता भएकालाई मासिक रु पाँच सय वृत्ति विकासको व्यवस्था मिलाइएको  गाउँपालिकाका उपाध्यक्ष यमुना घर्तीले जानकारी दिए। (रासस)

प्रकाशित मिति: ०७:२१ बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्