पाँच एआइजीको सरूवा

काठमाडौं, असार २५ : मन्त्रिपरिषद्ले प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ जना एआईजी हरुको सरुवा, एकजनाको बढुवा र पदस्थापन गरेको हो । राष्ट्रिय प्रहरी प्रशिक्षणका एआइजी प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा सरूवा भएको छ।
मेट्रोका एआइजी हरिबहादुर पाललाई कार्य विभागमा सरूवा गरिएको छ। यस्तै, प्रशासन विभागका एआइजी निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागमा सरूवा गरिएको छ।
यस्तै, अपराध अनुसन्धान विभागका एआइजी विश्वराज पोखरेललाई एकेडेमी सरूवा गरिएको छ। हालै बढुवा भएका एआइजी सहकुलबहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागमा सरूवा गरिएको हो ।
प्रकाशित मिति: २१:०० बजे, शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











