कास्कीमा साउन ५ गतेसम्म लम्बियो निषेधाज्ञा
काठमाडौं, असार २४ : कास्कीमा साउन ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।कोभिड–१९ को सङ्क्रमणदर र मृत्युदरमा केही कमी...
काठमाडौं, असार २४ : कास्कीमा साउन ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
कोभिड–१९ को सङ्क्रमणदर र मृत्युदरमा केही कमी आएको भए पनि अपेक्षाकृत नियन्त्रणमा आइनसकेको कारण जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा अवधि १० दिन थप गरेको हो ।
यही असार २५ गते राति १२ बजेबाट लागू हुने गरी थप गरिएको निषेधाज्ञामा जिल्ला भित्र मात्र जोरबिजोर अनुसार सार्वजनिक सवारी साधान सञ्चालन हुनेछन् भने विभिन्न पेशा व्यवसाय तथा पसल बिहान ५ देखि साँझ ८ बजेसम्म खुल्ने भएका छन् । निजी सवारी साधन अहिले जस्तै जोरबिजोरका आधारमा सञ्चालन हुने छन् भने सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्न प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले यस अघि जस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल तथा रेष्टुरेण्ट, चिया तथा खाजा पसल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रङ्गशाला, फुटशल, खेलकूद स्थल, जिमखाना, फिटनेश सेन्टर स्पा, स्वीमिङपुल, व्यूटीपार्लर, शैलुन र पुटपाथ पसल लगायतका सेवा एवं स्थल खोल्न तथा सञ्चालन गर्न रोक लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार माथि उल्लेखित बाहेकका व्यवसाय, अत्यावश्यक दैनिक उपभोग्य खाद्यन्न सामग्रीका पसल, तरकारी, पानी फलफुललगायत पसल बिहान ५ देखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाइने छ । जिल्ला प्रशासन कार्यालयले यसअघि कास्कीमा वैशाख १५ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो ।










-1779700642-1779702715.jpg)

