Kathmandu Press

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ७ जनाको मृत्यु

काठमाडौं, असार २५ : गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत...
कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ७ जनाको मृत्यु

काठमाडौं, असार २५ : गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । कास्कीमा ३, बागलुङ ३ र तनहुँमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९८८ पुगेको छ ।

Hardik ivf

त्यसैगरी गण्डकी प्रदेशमा थप २८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ११७ जनाको नमुना परीक्षण गरिएकामा २८१ जनामा संक्रमण देखिएको हो । निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका १२९, म्याग्दीका ४, पर्वत २२, गोरखा ९, तनहुँ २, लमजुङमा २३, बाग्लुङ ४८, स्याङ्जाका ७ र नवलपुरका ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५८ हजार ६२९ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४  हजार ५४१ पुगेको छ । 

प्रकाशित मिति: १८:४९ बजे, शुक्रबार, असार २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्