Kathmandu Press

अदालतबाट कैद सुनाइएपछि फरार ११ वर्षपछि पक्राउ

अदालतबाट कैद सुनाइएपछि फरार ११ वर्षपछि पक्राउ

टिस्टुङ, असार २५ : मकवानपुर जिल्ला अदालतबाट कैद र जरिवाना फैसला सुनाइएका एकजनालाई प्रहरीले ११ वर्षपछि  पक्राउ गरेको छ। पक्राउ पर्नेमा चुरियामाईका ३९ वर्षीय सानुकान्छा लो हुन्।  

अदालतले उनलाई २०६७ म‌सिर १३ मा वन पैदावार ओसारपसार मुद्दामा एक वर्ष कैद र ३४ हजार ४ सय १९ जरिवानाको फैसला सुनाएको थियो।

यसपछि फरार रहेका लोलाई आज हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बाट आज पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयेश्वर रिमालले जानकारी दिए। 

प्रकाशित मिति: १८:३८ बजे, शुक्रबार, असार २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्