Kathmandu Press

छुट्टछुट्टै स्थानका सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

काठमाडौं, असार २५ : भक्तपुर, उदयपुर, चितवन, मोरङ र महोत्तरीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।     भक्तपुरको...
छुट्टछुट्टै स्थानका सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

काठमाडौं, असार २५ : भक्तपुर, उदयपुर, चितवन, मोरङ र महोत्तरीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । 
    
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका(४ चारदोबाटोस्थित सडकमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा।९३ प ९६५२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रेलिङमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक संखुवासभा चैनपुर घर भई सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 
    
उदयपुरको ताप्ली गाउँपालिका(५ डुढेस्थित भित्री सडकमा कटारीबाट रुपाटारतर्फ जाँदै गरेको प्र।२(०१(००(१ च(००५० नम्बरको बोलेरो गाडीबाट ओर्लने क्रममा गाडीले किच्दा गाडीमा सवार सोही गाउँपालिका(५ बस्ने २५ वर्षीय रमेश नेपालीको बिहीबार बिहान मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

चितवनको भरतपुर महानगरपालिका(३ पुल्चोकस्थित सडकमा गैंडाकोटबाट चौबीसकोठीतर्फ जाँदै गरेको ना।५ ख ५८१६ नम्बरको ट्रकले ना।५९ प ३५०४ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिंदा स्कुटरमा सवार सोही ठाउँ बस्ने ३० वर्षीया बिणु दवाडीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भतरपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

मोरङ, बुढीगंगा गाउँपालिका(३ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २० वर्षीय रामकुमार राजबंशीको बिहीबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। 

शंकास्पद ८ वटा सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । 

महोत्तरीको शम्सी गाउँपालिका(१ पर्सास्थित सडकमा गौशालाबाट शम्सीतर्फ जाँदै गरेको ज।१० प २१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा बेङ्गाडावर बस्ने २९ वर्षीय बिबेक कुमार स्याङ्वोको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १४:०८ बजे, शुक्रबार, असार २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्