घर भत्केर मृत्यु भएकी तीनमहिने शिशुको परिवारलाई राहत
देउखुरी, असार २५ : अविरल वर्षाका कारण घर भत्केर मृत्यु भएकी बालिकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय दाङ र घोराही उपमहानगरपालिकाले राहत प्रदान गरेको...
देउखुरी, असार २५ : अविरल वर्षाका कारण घर भत्केर मृत्यु भएकी बालिकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय दाङ र घोराही उपमहानगरपालिकाले राहत प्रदान गरेको छ।
घोराही उपमहानगरपालिका–१७ क्वाडीस्थित घर भत्किँदा बिहीबार तीन महिनाकी बालिका बिन्दु चौधरीको निधन भएको थियो। घटनामा आमा र दिदी घाइते भएका छन्।
मृतकका बुबा आशाराम चौधरीलाई घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट २ लाख र उपमहानगरपालिकाको तर्फबाट किरिया खर्च २५ हजार गरी रु दुई लाख २५ हजार प्रदान गरेका थिए।
राहत दिन प्रजिअ रामबहादुर लिम्बू कुरुम्बाङ, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्ले र नगर प्रमुख चौधरी पीडितको घरमै पुगेका थिए।
प्रकाशित मिति: १३:५० बजे, शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)