एमाले कार्यदल बैठक सिंहदरबारमा जारी
काठमाडौं, असार २४ : एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक निर्धारित समयभन्दा केही ढिला गरी सुरु भएको छ ।कार्यदलको बैठक आज...
काठमाडौं, असार २४ : एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक निर्धारित समयभन्दा केही ढिला गरी सुरु भएको छ ।
कार्यदलको बैठक आज (शुक्रबार) बिहान साढे ११ बजे बस्ने भनिएको थियो। कार्यदलका नेताहरु आन्तरिक छलफलका लागि व्यस्त रहेकाले बैठक बस्न ढिला भएको जनाइएको छ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको आजको बैठकमा दुवै पक्षले तयार पारेका मस्यौता प्रस्तुत गरिने कार्यदलका एक सदस्यले बताए। कार्यदलसँगै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच साझा विन्दु तय भएसँगै संयुक्त वित्रप्ति निकाल्ने तयारी भइरहेको उनले बताए।
लामो समय निष्क्रिय रहेको कार्यदल बैठक गत सोमवारदेखि हरेक दिन बस्दै आइरहेको छ। तर ओली र नेपालले आआफ्ना अडान नत्याग्दा साझा निष्कर्ष निस्कन सकेको छैन।
प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











