Kathmandu Press

कोरोनाका कारण बालबालिकामा गम्भीर बिरामी र मृत्युको जोखिम एकदम कम : अध्ययन

काठमाडौं, असार २५ : कोरोना महामारीबारे बेलायतमा गरिएको एक अध्ययनले खुसीको सञ्चार गराएकोछ। सो अध्ययनले कोरोना संक्रमणका कारण बालबालिका गम्भीर बिरामी हुने वा...
कोरोनाका कारण बालबालिकामा गम्भीर बिरामी र मृत्युको जोखिम एकदम कम : अध्ययन

काठमाडौं, असार २५ : कोरोना महामारीबारे बेलायतमा गरिएको एक अध्ययनले खुसीको सञ्चार गराएकोछ। सो अध्ययनले कोरोना संक्रमणका कारण बालबालिका गम्भीर बिरामी हुने वा मृत्यु हुने जोखिम एकदमै कम रहेको देखाएको छ।

पछिल्लो समयमा विकसित भएका भाइरसहरूले बालबालिकालाई बढी असर पार्ने हल्ला चलिरहेका बेला यो अध्ययनको निष्कर्षले अभिभावकहरूलाई थोरै भए पनि राहत दिने भएको छ। 

बेलायतमा महामारीको पहिलो १२ महिनाको आँकडाअनुसार १८ वर्षभन्दा मुनिका २५ जनाको मात्र कोभिडका कारण मृत्यु भएको पाइएको छ। जसअनुसार १० लाख बालबालिकाममा दुईजनाको मृत्यु हुने अनुमान अध्येताहरूले गरेका छन् । 

खासगरी दीर्घरोग भएका तथा स्नायुविकार भएका बालबालिका सबभन्दा बढी जोखिममा पर्ने अध्ययनमा देखिएको छ। बेलायतको खोप सल्लाहकार समूहले यी निष्कर्षहरूमाबारेमा  विचार गरिरहेको जनाइएको छ। 

बेलायतमा अहिलेसम्म १८ वर्षभन्दा मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइएको छैन। 

युनिभर्सिटी कलेज लन्डन तथा योर्क, ब्रिस्टोल र लिभरपुल विश्वविद्यालयले आफूहरूले बालबालिकामाथि गरेको अध्यययन संसारकै विस्तृत भएको दाबी गरेका छन्। उनीहरूले बेलायतको सार्वजनिक स्वास्थ्य आँकडालाई आधार बनाएर सो अध्ययन गरेका थिए। (एजेन्सी)

प्रकाशित मिति: १३:०७ बजे, शुक्रबार, असार २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्