मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
भक्तपुर, असार २५ : भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैँले चलाएको मोटरसाइकल...
भक्तपुर, असार २५ : भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
दुर्घटनामा सङ्खुवासभाको चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
बिहीबार साँझ काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९३ प ९६५२ नं.को मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको बाँयापट्टिको रेलिङमा ठोक्किएको थियो। दुर्घटना हुँदा गम्भीर घाइते भएका भट्टराईको मध्यपुर अस्पताल थिमिमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।
प्रकाशित मिति: ०७:२२ बजे, शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











