स्थानीय तहको विपद् कोषमा प्रदेश सरकारले पाँच लाख दिने
पोखरा, असार २५ : गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ८५ वटै स्थानीय तहलाई पाँच लाखका दरले रकम पठाउने भएको छ। गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले...
पोखरा, असार २५ : गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ८५ वटै स्थानीय तहलाई पाँच लाखका दरले रकम पठाउने भएको छ।
गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले बताए। स्थानीय विपद् व्यवस्थापन कोषमा विपद्जन्य घटनाहरूको रोकथाम, उद्धार र राहत तथा पुनःस्थापनालगायत प्रयोजनका लागि मात्र खर्च गर्न उक्त रकम दिन लागिएको हो। चालु आर्थिक वर्षको बजेटबाटै उक्त रकमको व्यवस्थापन गरिने छ।
उनका अनुसार अहिले बाढी पहिरोको प्रकोप निकै बढेका कारण प्रदेशले सिधै सहयोग गर्ने भन्दा पनि स्थानीय तहबाट उद्धार तथा राहतको काम हुने भएकाले थोरै भए पनि सहयोग पुगोस् भनेर सो रकम दिने निर्णय गरिएको हो। प्रदेशभरका जिल्लामा भएको क्षतिको विवरण सङ्कलन गरी आवश्यकतानुसार उद्धार, राहत तथा पुनःस्थापना गरिने उनले बताए।
प्रकाशित मिति: ०६:५२ बजे, शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











