Kathmandu Press

दक्षिण कोरियामा देखिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, देश चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा

सोल, असार २४ : दक्षिण कोरियामा कोभिड –१९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ। यहाँ गएको २४ घण्टायता कोभिड –१९ का सङ्क्रमितरु एकै...
दक्षिण कोरियामा देखिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, देश चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा

सोल, असार २४ : दक्षिण कोरियामा कोभिड –१९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ। यहाँ गएको २४ घण्टायता कोभिड –१९ का सङ्क्रमितरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। 

प्राप्त समाचारअनुसार यहाँ गएको २४ घण्टायता मात्र कोभिडका सङ्क्रमितहरु यतिधेरै बढेका हुन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा १ हजार २७५ जना संक्रमित पाइएका छन् । 

Hardik ivf

योसँगै दक्षिण कोरियामा कोभिडका संङ्क्रमितको संख्या १ लाख ६४ हजार २८ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको छ। 

बुधबार मात्र पनि यहाँ देखिएको १ हजार २१२ जना सङ्क्रमित भेटिएको थियो । यहाँ बिहीबार देखिएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यसैले यहाँका अधिकारीहरुले दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको बताएका छन् । 

दक्षिण कोरिायमा केही हप्ताअघिसम्म ७०० भन्दा बढी सङ्क्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन एक हजार भन्दा बढी संक्रमित भेटिएका छन् । त्यो संख्यामा बृद्धि भएर बुधबार र बिहीबार सङ्क्रमितहरु पाइएको समाचारमा जनाइएको छ। 

यहाँका स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको सङ्क्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५३ प्रतिशत बढी देखिएको छ । 
यो तथ्यांक आएपछि यहाँका स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका छन् । 

बिहीबार देखिएका यी सङ्क्रमितहरुमा ६०० भन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ । यसकारण पनि धेरै पछि यति धेरै संख्यामा सङ्क्रमितहरु देखिँदा देश कोरोना महामारीको अर्को वेभमा प्रवेश गरेको बताइएको हो। 

यहाँ कोराना विरुद्धको खोपका अभियानलाई ब्यापक बनाइएको छ। जसका कारण यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या भने कमी देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन्।  
 

प्रकाशित मिति: १५:२८ बजे, बिहीबार, असार २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्