Kathmandu Press

अफगानिस्तानमा ६९ तालिबान लडाकू मारिए, क्वाला ए नाउ सहर कब्जामुक्त

काबुल, २४ असार : अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ। सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरु विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु...
अफगानिस्तानमा ६९ तालिबान लडाकू मारिए, क्वाला ए नाउ सहर कब्जामुक्त

काबुल, २४ असार : अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ। 

सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरु विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका हुन। मारिएका सवै तालिबान लडाकू नै भएको दाबी गरिएको छ। सुरक्षा कारबाहीका क्रममा अरु २३ जना घाइते समेत भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन। 

सुरक्षा कारबाहीपछि सरकारी सुरक्षाकर्मीहरुले क्वाला ए नाव सहर आफ्नो नियन्त्रणमा लिइएको दाबीसमेत गरेका छन्। यसअघि सो सहर तालिबान लडाकूहरुले नियन्त्रणमा लिएको घोषणा गरेका थिए। 

‘क्वाला ए नाव सहरलाई सुरक्षाकर्मीहरुले बुधबार आफ्नो नियन्त्रणमा लिएका छन, त्यसअघि सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरुविरुद्ध सुरक्षा कारबाही चलाएका थिए,’ रक्षा मन्त्रालयद्धारा जारी वक्तव्यमा लेखिएको छ। 

पश्चिमी बद्घीस प्रान्त अन्तर्गत पर्ने त्यस ठाउँमा लामोसमयदेखि तालिवान लडाकूहरुको प्रभाव रहदै आएको मानिन्छ। 

अफगानिस्तानमा लामो समयदेखि आन्तरिक द्धन्द्ध चलिरहेको छ भने द्वन्द्व अन्त्यका लागि भन्दै वार्ताको प्रयासहरु पनि भइरहेका छन् । 
 

प्रकाशित मिति: १५:१६ बजे, बिहीबार, असार २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्