Kathmandu Press

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपतिद्वारा आत्म समर्पण

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपतिद्वारा आत्म समर्पण

कान्डला, असार २४ : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको मानहानी गरेको अभियोगमा उनलाई अदालतले १५ महिने जेल सजाय तोकेको छ। प्रहरीले पक्राउ गर्न लागेको भन्दै खवर पाएपछि उनले आत्मसमर्पण गरेको जनाइएको छ। 

स्थानीय समय अनुसार बुधवार अबेर उनी आफ्नो निवास नजिकै रहेको जेल पुगेको उनी निकटका अधिकारीहरुले जानकारी दिएका छन । उनलाई समय तोकेर आत्मसमर्पण गर्न निर्देशन दिएकोमा समयावधि सकिनै लाग्दा मात्रै उनले आत्मसमर्पण गरेका हुन् ।  

Hardik ivf

सन् २०१८ मा आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेका ७९ बर्षिय जुमाका अझै पनि हजारौँ समर्थक रहेका छन् । उनी आफै आत्मसमर्पणका लागि गएको विषयलाइ उनका समर्थकहरुले इमान्दारितापुर्वक अदालतको आदेश पालना गरेको रुपमा व्याख्या गरेका छन। 

उनकी छोरीले पनि अदालतको आदेश पालनाका लागि आफ्ना पिता जादै गरेको र उनको मनोवल उच्च रहेको सामाजिक सञ्जालमा लेखेकी छन्। उनलाई आफ्नो नौ वर्षे कार्यकालमा भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न केही समय अगाडि दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो।

दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक भएको जानकारहरुले बताएका छन् ।
 

प्रकाशित मिति: १५:०१ बजे, बिहीबार, असार २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्