Kathmandu Press

दाङमा पर्खाल भत्किँदा शिशुको मृत्यु

दाङमा पर्खाल भत्किँदा शिशुको मृत्यु

दाङ, असार २४ : अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

घोराही उपमहानगरपालिका– १७ की ३० वर्षीया मनिषा चौधरीकी तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए। उनका अनुसार चौधरीसहित उनकी नौ वर्षीया छोरी बाटुली पनि घाइते भएकी छन्। 

घाइते दुवैको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । साथै शिशुको शव परीक्षण लागि प्रतिष्ठानमा राखिएको छ। 
 

प्रकाशित मिति: १४:५२ बजे, बिहीबार, असार २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्